रास्वपाले भन्यो- राजावादी आन्दोलनमा पक्राउ परेकाहरूले पार्टी छाडिसक्नुभयो-Sutra News

रास्वपाले भन्यो- राजावादी आन्दोलनमा पक्राउ परेकाहरूले पार्टी छाडिसक्नुभयो

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी हिंसात्मक आन्दोलनका क्रममा लुटपाटमा आफ्ना पार्टीका नेताहरू संलग्न नभएको दाबी गरेको छ।



गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा लुटपाटमा संलग्न रहेका केही व्यक्तिहरू रास्वपाकै नेताहरू रहेको समाचारहरू बाहिरिएपछि रास्वपाले त्यसबारेमा स्पष्ट पारेको हो।

लुटपाटमा संलग्न रहेका डा. राजकुमार राई र भगतवी रोका लगायतका व्यक्तिहरू यसअघि रास्वपामा रहेको तर तीन महिना अघि नै रास्वपाबाट अलग भएको रास्वपाको दाबी छ।

कार्यालय सचिव शंकर श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्टिय स्वतन्त्र पार्टीका सदस्य राजावादी आन्दोलनको क्रममा चोरी र लुटपाटमा संलग्न भनेर केही मिडियामा प्रस्तु समाचार र सामाजिक सञ्जालमा आएका विभिन्न पोस्टप्रति गम्भीर ध्यानाकर्षण भएको छ। नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्व नेता रहेका डा. राजकुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू विगत ३ महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका स्पष्ट गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार