

काठमाडौं । गायक राजेन्द्र वाइवाले ‘आउँदैन राजकुमार’ बोलको गीत ल्याएका छन्। गीतमा गायक वाइवाकै शब्द तथा संगीत छ।
गायक वाइवाकै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडिओमा पनि वाइवा स्वयम देखिएका छन्। भिडिओमा उनलाई रश्मिला वाइवाले साथ दिएकी छन्।
त्यस्तै, संजिता राना मगर, लाक्पा शेर्पा र कर्मा दोर्जे शेर्पाले समेत सहायक भूमिकामा अभिनय गरेका छन्।
कमल प्रजापतिले निर्देशन गरेको उक्त भिडिओमा क्यामेरा पनि उनैले खिचेका हुन्। किरण पुन्जा र प्रकाश मगर यस भिडिओको लगानीकर्ता हुन्।