रवि पक्राउपछि रास्वपाले गर्यो चार निर्णय-Sutra News

रवि पक्राउपछि रास्वपाले गर्यो चार निर्णय

शनिबार, २३ चैत्र २०८१

शनिबार, २३ चैत्र २०८१

काठमाडौं । बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ शुक्रबार साँझ पक्राउ परेका छन् ।



सभापति लामिछाने पक्राउ परेपछि रास्वपाको आकस्मिक भर्चुअल बैठक बस्यो । शुक्रबार अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रवक्ता झाले दिएको जानकारी अनुसार रास्वपाको बैठकले गरेका निर्णय यस प्रकार छन्:
१. उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।

२. पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

३. आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

४. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार