रविलाई भैरहवा पुर्‍याइयो, सोमबार मात्र अदालत उपस्थित गराइने-Sutra News

रविलाई भैरहवा पुर्‍याइयो, सोमबार मात्र अदालत उपस्थित गराइने

शनिबार, २३ चैत्र २०८१

शनिबार, २३ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा लगिएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९.१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा पुर्‍याइएको हो ।



अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । शुक्रबार उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार