

कुरा १९९८ तिरको हो । अर्थात् आजभन्दा २५ वर्ष अगाडिको परिघटना । सिड्नी सेन्टरको बकिङघाम रोडमा कोठा थियो। नेपाल बाट गएको एक दिन मात्रै भएको थियो । हन्कङ देखि सिड्नी एयरपोर्ट सम्मको करिब १० घण्टाको लगातार उडानले गलेको शरीरमा फुर्ती आएकै थिएन। निन्द्रा थकाइ र आलस्यले बिथोलिरहेको थियो । हङकङ बाट राती दस बजे क्याथे प्यासिफिकमा उडेपछि मौसम प्रतिकुलताका कारण करिब पैँतालिस मिनेट सम्म आफू चढेको जहाज हल्लिरह्यो। यो हल्लाइले पनि आत्तिएको मन शान्त हुन सकिरहेको थिएन।
तर क्याथेका उडान कर्मचारीहरूको उडान व्यवस्थापन र यात्रुसँग गरिने व्यवहारले त्यो पैँतालिस मिनेटमा मैले धेरै कुरा बुझ्न पाए। उडेको दस मिनेट सम्मत टर्बुलेन्स हुन्थ्यो त्यो थाहा थियो तर यो चाहिँ अति भयो भनेर फ्लाइट अटेन्डेन्सलाई सोधपुछ गरे । तल सामुन्द्रिक आधी आइरहेकोले जहाज यति धेरै हल्लिएको जानकारी पाए।
यतै समुन्द्री आधीमै परिन्छ कि क्या हो भने जस्तो लाग्यो। म झ्यालको सिटमा बसेको थिए। झ्याल खोलेर यसो हेरेको पुरै कालो थियो बाहिरी आकाश । सैँतिस हजार फिट उचाइमा उड्नु पर्ने बोइङ ७४७ जहाज त्यति बेला सम्म छब्बिस हजारको हाराहारीमा थियो। मुनि यसो हेर्छु समुद्रको सतहमा हिँड्दै गरेका पानी जहाजको मस्तुल माथि अलि अलि बत्ती बलेको देखे। बल्ल साहस आयो। बादल र आधीको लेयर सकिएछ जस्तो लाग्यो। बल्ल जहाजले उचाइ लिन थालेको महसुस गरे।
अगाडिको स्क्रिनमा राम्रो मौसमको सूचना सम्प्रेषण हुन थाल्यो। त्यति बेला सम्म मैले दुई गिलास रेड वाइन पिइसकेको थिए। म स्वयं एयरलाइन्स कर्मचारी भएको कुरा उडान कर्मचारीलाई थाहा थियो। जहाज टर्बुलेन्स हुनथालेपछी म अलि नर्भस भएको थिए। मलाई अलमलाउन जुस पिउने हो भनेर सोधपुछ गरेका थिए उहाँहरूले। तर मैले जुसको साटो वाइन पिउने भनेको थिए। वाइन अलिक लागेपछि डर कम हुन थालेको थियो। दस घण्टाको उडान अवधिमा कुनै बोर भएन। हिन्दी चलचित्र र पुराना हिन्दी गानाहरू सुन्दै अनि आफ्नो डायरीमा कविता र गीतहरू लेख्दै उडियो।
फ्लाइटमा थुप्रै भारतीय यात्रुहरू थिए । र केही इन्डियन विमान परिचारिका पनि थिए । आफू एयरलाइन्स कर्मचारी भएका नाताले अरूलाई भन्दा मलाई विशेष सुविधा प्रदान भएको थियो । आकाशमै उड्दा पहिलो चोटि आकाशबाट रातो घाम उदाएको देखे । अचम्मित भए । त्यत्रो ठुलो गोलाकार रातो भीमकाय डल्लो आकाशको क्षितिज बाट उदायो। सूर्य उदाउँदा जहाज अस्ट्रेलियाको डार्विन सहर पुग्न लागेको थियो। मनमा थुप्रै जिज्ञासा कौतुहलता उठिरहेका थिए। जहाजको बाथरुम गएर फ्रेस भए ।घरमा काटेर गएको दारी फेरि छुस्स आइसकेको थियो। यसो ऐना हेरेको , निन्द्रा आलस्य थकान र त्याहामाथी दारीले साँच्चै आफ्नै अनुहार कुच्चिएको सिलाबरको कसौँडी जस्तो पो लाग्यो। अलि टिपटप हुनुपर्ने आदत थियो पहिला देखिनै।
ब्लेडको सेट मन्जन ब्रस सानो काइँयो साबुन सेम्पो सानो आकारको तौलिया नेप्किन आदिले भरिएको प्याकेट दिइएको थियो उडानमा सबै यातलाग्योलाई। त्यसैको उपयोग गरे। सफा भएर पुन आफ्नो सिटमा फर्किए। झ्यालबाट हेर्न थाले डार्विन पछि अस्ट्रेलियाको मरुभूमि माथि जहाज उड्न थाल्यो ।
फेब्रुअरी महिनामा यता नेपालमा धेरै जाडोको कारणले बाक्लो ज्याकेट लगाएर गएको थिए तर जब सिड्नी एयरपोर्ट पुगियो गर्मीले खपिनसक्नु भयो । इमिग्रेसन पार गरेर बाहिर आउँदा सम्म पसिनाले निथ्रुक्कै भिजियो। भाइ करुणले “ट्याक्सी लिएर सिधै सरिहिल्स सिड्नी सेन्टरमा आउनु दाइ भनेर लोकेसन दिएको थियो। करिब पैँतालिस मिनेटमा सेन्टर पुगेको थिए। भाइ लिन आएको रहेछन् । भेट भयो । जम्मा २२ डलर उठेको थियो। मैले पचास अमेरिकी डलर दिए । बाकी फिर्ता अस्ट्रेलियन डलरमा दिए चालकले । खुसी लाग्यो। खाना बनाएर राखेका रेछन रमाइलो गरेर खाइयो। मैले यताबाट वाइवाइ चाउचाउ , लाखामडि, गुदपाक र गुन्द्रुक लिएर गएको थिए । गुन्द्रुक लगभग एक किलो थियो होला। कहीँ सोधनी पो हुनेहोकी भनेर मनमा डर थियो। कसैले केही सोधपुछ गरेनन्। भन्सारमा र इमिग्रेसनमा पनि केही सोधपुछ भएन । जहा गए पनि हामी नेपाली गुन्द्रुके है के गर्नी । गुन्द्रुक र ग्यासटिक हाम्रो परिचय । केही गरी सोधपुछ गरेका भए यो हाम्रो राष्ट्रिय तरकारी पो होत भन्दिन्थे ।
पुगेको दिन बेस्सरी थकाइ लाग्यो। सुत्ने प्रयास गरे । निन्द्रा लागेन। धेरै फरक छ यहाँको र त्यहाँको संस्कार । बाहिरी दुनियाँसँग छिटो घुलमिल नहुने अन्तर्मुखी स्वभाव थियो मेरो।
घर अगाडि स्विमिङ पुल थियो। दिउँसो गर्मीमा स्विमङ गर्न थुप्रै महिला पुरुष आउँदा रहेछन्। पहिलो चोटि देखे महिला पुरुषले सँगै पौडी खेलेको। करुण भाइलाई सोधेको ” ह्या दाइ यहाँ त यो सामान्य हो तपाई कुन दुनियाँमा हुनुहुन्छ हो
“हुन त हो म पछाडि नै रहेछु” जस्तो लाग्यो ।
साँझ पर्यो। भाइहरूले स्टेसनतिर घुम्न जाऊ भने। सिड्नी सेन्टर र टाउन हल अनि किङ क्रस तिर घुमाउन लिएर गए। किङ क्रस भनेको यहाँको हाम्रो ठमेल जस्तो रहेछ । नाइट क्लब नै क्लब जतासुकै । सडकमा अर्धनग्न स्त्रीहरू देखे पहिलो चोटि । वाइन पिएर मात्तिएका। म सोच्थे वाइन पुरुषले मात्रै पिउँछन्। त्यहा महिलाले पनि मज्जाले वाइन पिएको देखे। अचम्म लाग्यो।म कुन ग्रहमा आई छु जस्तो लाग्न थाल्यो। नेपाली सस्कृतीमा महिलाले कहिले रक्सी पिएको देखेको थिइन मैले। अर्धनग्न महिला पनि देखेको थिइन। “दाइ यो व्यापार हो नाइट क्लब भनेको यही हो। यहाँ महिलाहरू नाङ्गो नाच्छन् पैसा कमाउँछन्” “भो भाइ मलाई नाङ्गो नाच हेर्नू छैन कोठामा पुर्याइदेओ” भने।
“ह्या दाइँलाई तीर्थ ल्याइदिएको किन आत्तिएका हुन” भन्न थाले बेलुकीको आठ बजिरहेको थियो। मेरो मनले मानेन। फेरि कोठामै फर्कियौ।
जहाज टरबुलेन्समा परेको सम्झनाले मन अझैसम्म त्रसित थियो। नेपाली भाइहरू अरुपनी जम्मा भएका थिए। नेपालबाट दाइ आउनु्भाछ भनेर अरू विद्यार्थी पनि आए। रमाइलो गर्यौ।गुदपाक र वाइ वाइ चाउचाउको भोज गर्यौ। नारायण गोपाल र रामकृष्ण ढकालको गीतको सिडि लिएर गएको थिए मज्जाले सुन्यौ। राती अबेरसम्म रमाइलो भयो।
भोलिपल्ट बिहान सबै अबेरसम्म निदाएछौ। पहिला उठ्ने मै भएछु। चिया पकाए । हल्लाखल्ला गरे। विद्यार्थी भएर अबेरसम्म सुत्नुहुन्न भने। सबलाई हप्काए। सब जराक जुरुक्क उठे । हिजो बेलुकी खाएको भाडा जुठा थिए । मस्काउन थाले। जयराम भाइ जुरुक्क उठेर भान्सामा आए “दाइ यस्तो नगर्नु न बिन्ती” भने। हामी दुई मिलेर भाडा माझ्यौ। भान्सामा सबैतिर हेरे वाइन र बियरको बोतलले जताततै स्वागत गर्ने रहेछ। साङ्लाको बथान पनि त्यतिकै जन्ती जानेरहेछन।सबलाई उठाए । भान्सा एक छिनमा टल्कियो। वातावरण सफा भयो। कार्पेटमा भ्याक्युम नहानेको थुप्रै दिन भएको रहेछ। कोही भ्याक्युम हान्न थाले कोही सिसा पुछ्न थाले कोही वासिङ मेसिनमा लुगा हाल्न थाले। एक प्रकारले अब कोठामा बस्दा पनि आनन्द आउने भयो।
ग्रोसरी सकिएको रहेछ। सरिहिल्स सपिङ मार्टमा जयराम भाइ र म गयौ। जयराम भाइले पाँच लिटरको वाइन छाने मैले २० किलोको चामलको बोरा र अरू हरियो तरकारी छानेर ट्रलीमा राख्दै गए।अस्ट्रेलिया गएको भोलिपल्ट ग्रोसरी किन्न गएको यो जीवनको पहिलो सपिङ अनुभव थियो मेरो। रमाइलो लाग्यो। यस्तो सपिङ मल आफ्नो देशमा देखेको थिइन कहिले पनि । हरेक सामानहरू एकै स्थानमा पाउने। बडो चासोको विषय बन्यो मेरा लागि। जयराम भाइ पिजा लिँदै थिए म भने ट्रलीमा बिस किलोको चामलको बोरा र हरियो सागपात हल्लाउँदै यताउति हेर्दै थिए। पश्चिमी गेट नजिकैको कुनामा एउटा अचम्मको दृश्यले म हच्किए। दुई स्त्रीहरू अँगालो हालेर मुवाइ खादै थिए। कहिले अँगालो हाल्ने कहिले मुवाइ खाने कहिले कपाल सुमसुम्याउने कहिले संवेदनशील अङ्गहरू छुने दृश्यले म अवाक भए । तिनीहरूले बिहानै देखि पिएको जस्तो लाग्यो। जयराम भाइ नजिक आइपुगे अनि सोधपुछ गरे। उनले हल्का रूपमा भने ” ह्या दाइ यो अस्ट्रेलियामा सामान्य कुरा हो यस लाइ भन्छन् लेसबियन। यहाँ त केटी केटी पनि बिहे गर्छन् ”
ग्रोसरीको ट्रली ठेल्दै सामान ट्याक्सीमा हाल्यौ अनि कोठामा आयौ। दुई स्त्रीहरू यौनिक क्रियाकलापमा , त्यो पनि सार्वजनिक स्थलमा । बेकारमा आएछु अस्ट्रेलिया जस्तो लाग्यो। अप्रत्याशित देखेको त्यो अप्राकृतिक क्रियाकलापले दिमाग रन्थनियो मेरो ।
सन्सारमा यस्ता मानसिक रोगीहरू पनि हुदारहेछन जस्तो लाग्यो। दुई स्त्री बिच कसरी बिहे हुन्छ? के यो सृष्टि यसरी नै सञ्चालित हुन्छ र? धरतीको गोधुली काखमा यस्ता अप्रासङ्गिक अप्राकृतिक घृणित र दुर्दान्त खेल पनि हुदोरहेछ है ! ती मनुष्यको रूपमा जन्मिएका किरा जस्तो लाग्यो। वास्तवमा लेसबियन र गे भनेका मानसिक रोगीहरू हुन भनेर बुझ्दै गए ।
समाजको हेलाँका पात्रका रूपमा बाच्दा पनि तिन लाइ कुनै असजिलो महसुस नहुने रहेछ। यो एउटा सामाजिक रोग हो। मुस्लिम देशहरूले लेसबियन र गेहरुलाइ मृत्यु दण्डको सजाए दिन्छ रे भन्ने कुरा पनि थाहा पाए। यो एउटा मानसिक अपाङ्गता हो भनेर बुझेको छु मैले आजपनी । यसको उपचार पक्कै पनि होला जस्तो लाग्छ। कुहिएको दिमाग लाई पक्कै पनि मनोवैज्ञानिक उपचार गरेपछि ठिक हुनेनैछ। कहिलेकाहीँ ठमेल को बाटो हिंड्न् पर्दा २७ वर्ष अगाडिको दृश्यले समाउँछ मलाई । अनि ठमेल कहिले पनि घुम्नको लागि प्राथमिकता क्षेत्रमा परेन मेरो । मानिसहरू प्रयोगवादी उपभोगवादी भौतिकवादी हुँदै जानुको हो यो परिणाम । सधैँ कति भात खानु भनेर मलमूत्र खाएजस्तै हो यो लेसबियन र गे चरित्र ।
(प्रस्तुत आलेख मेरो निजी भोगाइ र चिन्तन हो। व्यक्तिगत रूपमा कसैलाई आक्षेप लगाउन खोजिएको होइन)