

काठमाडौं । चर्चित भारतीय डान्सर तथा अभिनेत्री नोरा फतेही नेपाल आउँदै छिन्। ३ जेठमा बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेकी हुन्।
वर्ल्डवाइर्ड फिल्मस् नेटवर्क प्रालिले शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘हुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागेको हो।
यस इभेन्टका लागि मुम्बईबाट नोरासहित २० बढी कोरस डान्सरहरू प्रस्तुति दिन नेपाल आउनेछन्। नोराले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेकी हुन्।
आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा चर्चित नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्। टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ। दर्शकले आइतबारदेखि खल्ती एपबाट टिकट किन्न सक्नेछन्।
दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच सुपरडुपर हिट गीतमा नोराले नाचेकी छन्। ‘स्नेक’ उनको पछिल्लो विश्वब्यापी चर्चित गीत हो जुन ग्लोबल ट्रेन्डिङमा समेत छ।