मोदीले ओलीलाई भारत भ्रमणमा बोलाएनन्, ओलीको निम्तोमा नेपाल आउन पनि मानेनन्-Sutra News

मोदीले ओलीलाई भारत भ्रमणमा बोलाएनन्, ओलीको निम्तोमा नेपाल आउन पनि मानेनन्

शनिबार, २३ चैत्र २०८१

शनिबार, २३ चैत्र २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने भएका छन्।



शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी गराए।

ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा गरेको भेटवार्तामा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए।

उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए।

‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न। तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ।’

ओलीले विविध कारणले समय नभ्याएको कारणले आफ्नो भारत भ्रमण नभएको बताए।

उनले भने, ‘कहिले के काम परेको हुन्छ, कहिले के हुन्छ त्यस्तो कारणले मात्रै हो। यो बाहिर भारत भ्रमण अबरुद्ध भयो, काँडेतार लगाएको छ र कसैले? त्यस्तो हुँदैन होइन।’

उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए। ओली प्रधानमन्त्री भएको ६ महिना पुग्नै लाग्दा पनि भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार