‘भ्रष्टहरूलाई पाता कसेर, जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने रविको अन्तिम इच्छा छ’-Sutra News

‘भ्रष्टहरूलाई पाता कसेर, जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने रविको अन्तिम इच्छा छ’

शनिबार, २३ चैत्र २०८१

शनिबार, २३ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका छन्।



शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा रविको अन्तिम इच्छा रहेको बताए।

उनले भने, ‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर, जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ।’

वर्तमान सरकारले लखेट्न नहुने व्यक्तिलाई लखेटिरहेको भन्दै उनले रवि माथि बेडरुममै पुगेर दुर्व्यवहार गरिएको दाबी गरे।

‘यिनीहरूले लखेट्नै नहुनेलाई लखेटिरहेका छैन। यिनहिरूलाई हेक्का छैन। न्यायलयको प्रक्रिया,’ उनले भने, ‘न्यायलयको आदेश मान्छु भनेर हार्दिकता देखाउँदा देखाउँदै १० बजे नै पक्राउ गर्नपर्ने। त्यो पनि बेडरुमसम्मै पुगेर दुर्व्यवहार गरियो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार