

काठमाडौं । अभिनेत्री गरिमा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘जन्ते बाख्रा’को गीत ‘घामै राजा’ले रिलिज भएको दुई दिन बितिसक्दा पनि एक लाख भ्युज पाएको छैन।
सौगात मल्ल र गरिमा अभिनीत उक्त गीत बिहीबार दिउँसो युट्युबमा अपलोड भएको थियो। तर अहिलेसम्म पनि यस भिडिओमा ७३ हजार मात्र भ्युज छ।
जी ट्वान्टी वान युट्युब च्यानलमार्फत अपलोड भएको गीतको भिडियोमा टिकटक, म्युजिक भिडियो हुँदै फिल्म दुई वटा फिल्म खेलिसकेकी गरिमाले अभिनय गर्दा समेत गीतले हाइप पाउन सकेको छैन।
टिकटकमा भाइरल भएर म्युजिक भिडिओ हुँदै फिल्ममा आएकी उनको फिल्मी यात्रा भने त्यति सुखद छैन। गरिमाले सहायक भूमिकामा अभिनय गरेको फिल्म ‘लन्डन टु पेरिस’, ‘ह्रस्व दीर्घ’ दुवै फ्लप भएका छन्।
‘जन्ते बाख्रो’मा भने उनको मुख्य भूमिका रहेको बताइन्छ।