शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा-Sutra News

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडाैं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले अनिश्चितकालीन आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै चैत २५ गतेदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो।



महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशनलगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्ताललाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ। आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरिएकाे छ ।

‘अब देशभरका सबै विद्यालय बन्द गरि काठमाडौंको शैक्षिक आन्दोनलमा सहभागी हुन अनिवार्य रुपमा आउन हामी सबै शिक्षक कर्मचारलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन र यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यववस्थापन समिति लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ।’

विभिन्न मागहरु गर्दै माघ २० गतेबाट आन्दोलन उत्रिएकाे महासंघले यही चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रीत सडक आन्दोलन गरिरहेकाे छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले वार्ताको लागि बोलाए पनि महासंघले बेवास्ता गर्दै आएको छ। यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनिएकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार