एकै दिन १९ सयले घट्यो सुनको मूल्य-Sutra News

एकै दिन १९ सयले घट्यो सुनको मूल्य

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार एकै दिन सुन प्रतितोला १९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७० रुपैयाँले चाँदीको मूल्य घटेको महासंघले जनाएको छ ।

मूल्य घटेसँगै आइतबार चाँदी तोलामा १८०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार