सिठ्ठी फुक्दै शिक्षकको मार्चपास-Sutra News

सिठ्ठी फुक्दै शिक्षकको मार्चपास

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आइतबार पनि प्रदर्शन गरेका छन् । काठमाडौंको माइतघर–बानेश्वर सडक खण्डमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका हुन् ।



आइतबारको प्रदर्शनमा शिक्षकहरुले सिठ्ठी फुकेर विरोध जनाएका छन् ।

शिक्षकहरुले शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयनको माग गरेका छन् । माघ २० गतेबाट आन्दोलन उत्रिएका शिक्षकहरूले यही चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रीत सडक आन्दोलन गरिरहेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार