

काठमाडौं । भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’बाट अभिनेता शिवाजी साटम बाहिरिएका छन्।
उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए। उनको यो यात्रा प्रसारणको २७ वर्ष पुगेको छ।
सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ।
टिभीले लेखेको छ, ‘एक युगको अन्त्य, एसीपी प्रद्युमनको मायालु सम्झनामा… कहिल्यै बिर्सन नसकिने क्षति। रिप एसीपी।’ यसको अर्थ, उक्त पात्रको भूमिकाबाट शिवाजी साटम बाहिरिएका छन्।
केही दिनदेखि नै एसीपी प्रद्युमनको मृत्युको छायांकन गरिएकाले अभिनेता साटमले शो छाड्न लागेको चर्चा भइरहेको थियो।