

एजेन्सी । अभिनेत्री ज्याकलिन फर्नान्डिसकी आमा किम फर्नान्डिसको आइतबार बिहान निधन भएको छ। उनको अन्तिम संस्कार आजै सान्ताक्रुजमा गरिएको छ।
उनी कयौँ दिनदेखि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना थिइन्। गत २४ मार्चमा किमलाई स्ट्रोक भएको थियो। उनलाई तत्कालै अस्पतालमा भर्ना गरिए पनि उनको अवस्था दिनानुदिन बिग्रिँदै गएको थियो।
ज्याकलिन २६ मार्चमा गुवाहाटीमा आईपिएल समारोहमा प्रस्तुति दिने तयारीमा थिइन्। तर आमाको अचानक स्वास्थ्यमा समस्या आएपछि उनले आफ्नो प्रस्तुति रद्ध गरेकी थिइन्।
आमालाई सन् २०२२ मा पनि स्ट्रोक भएको थियो। त्यति बेला उनको बहराइनमा उपचार गरिएको थियो।
किम मलेसियाकी नागरिक थिइन्। उनले एयरहोस्टेजको रूपमा काम गरेकी थिइन्। उनको विवाह श्रीलंकाली व्यवसायी एलरोय फर्नान्डिजसँग भएको थियो। ज्याकलिनसँगै उनका ४ सन्तान रहेका छन्।