साउदी अरबले भारतसहित १३ देशमाथि लगायो भीसा प्रतिबन्ध-Sutra News

साउदी अरबले भारतसहित १३ देशमाथि लगायो भीसा प्रतिबन्ध

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

 



काठमाडौं । साउदी अरबले १३ देशका नागरिकहरूका लागि अस्थायी रूपमा भीसा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाइएका देशहरूमा साउदी अरबले जस देशमाथि अस्थायी भीजा प्रतिबन्ध लगाएको छ, ती देशहरू हुन्ः भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट (मिस्र), इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन छन्।

यो प्रतिबन्ध व्यापारिक, पारिवारिक र उमराह भीसामा समेत लागू हुनेछ। बिना दर्ता (रजिस्ट्रेशन) हजमा सहभागी हुने व्यक्तिहरूलाई रोक्नका लागि साउदी सरकारले यो अस्थायी कदम चालेको हो।

यो प्रतिबन्ध जुन महिनाको मध्यसम्म अर्थात् यस वर्षको हज सम्पन्न नहुन्जेलसम्म लागु हुनेछ। साउदी अधिकारीहरूका अनुसार विदेशी नागरिकहरूले १३ अप्रिलसम्म मात्रै उमराह भीजाका लागि आवेदन दिन सक्नेछन्। त्यसपछि उमराह भीसा जारी गरिने छैन।

बिना अनुमति हज गर्दा हजारौंको ज्यान गयो

गत वर्ष हजको क्रममा हजारौं हज यात्रुहरूको मृत्यु भएको थियो। मृतकमध्ये धेरैजसो बिना अनुमति, अवैध रूपमा हजमा गएका थिए। त्यसैले यो प्रतिबन्धको उद्देश्य यस्ता अनधिकृत हज यात्रुहरूलाई रोक्नु हो। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हज व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित राख्न वीजा प्रक्रियामा कडाई गर्ने निर्णय गरेका हुन्।

हजलाई व्यवस्थित बनाउन लिइयो यस्तो निर्णय

साउदी विदेश मन्त्रालयले यो अस्थायी प्रतिबन्ध यात्रालाई सरल बनाउन मद्दत गर्ने जनाएको छ। यसबाट हजको समयमा सुरक्षामा सुधार आउनेछ। अधिकारीहरूले सबैलाई नयाँ नियमहरूको पालना गर्न अनुरोध गरेका छन् ताकि यात्रुहरूलाई कुनै असहज नहोस्। यदि कसैले यो प्रतिबन्धको उल्लंघन गरेर गैरकानुनी रूपमा साउदी अरबमा बस्यो भने उसलाई ५ वर्षसम्म साउदी अरब प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

डिजिटल गाइड पनि जारी

साउदी अरबले हज र उमराहका लागि पहिले नै १६ भाषामा एक डिजिटल गाइड पनि सार्वजनिक गरिसकेको छ। साउदी सञ्चारमाध्यमहरूका अनुसार यो गाइड विभिन्न फम्र्याटहरूमा उपलब्ध छ। अधिकारीहरूले भनेका छन् कि उनीहरू हजको समयमा यात्रुहरूको सुरक्षा प्रति गम्भीर छन् र यात्रुहरूले सुरक्षित र आरामदायी रूपमा हज पूरा गर्न सकून् भन्ने सुनिश्चित गर्न चाहन्छन्

हजको संख्यामा नियन्त्रण

साउदी सरकारले प्रत्येक देशका लागि वार्षिक हज कोटामा सीमित संख्यामा अनुमति प्रदान गर्छ। तर, धेरैजसो विदेशी नागरिकहरूले बिना दर्ता हजमा सहभागी हुने गर्छन्। यो समस्या सन् २०२४ मा विशेष रूपमा गम्भीर बन्यो जब अत्यधिक गर्मी र भीडका कारण एक हजारभन्दा बढी हज यात्रुहरूको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार