

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ।
अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ। चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।
आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको छ।