

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा गरिमा विकास बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजनाअन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म र डेबिट कार्डहोल्डर ग्राहकहरूले १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २२ देखि ३१ चैतसम्म मात्र लागू हुने बैंकले जनाएको छ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरूले यस योजना सुरु भएपश्चात् दराजको बेवसाइट वा मोबाइल एपमा उपलब्ध हुने यस विकास बैंकको नाउँको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
हाल गरिमा विकास बैंकले देशभर रहेका १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएममार्फत सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।