आफ्नो भावुक गायनको कारण मानसी घोषले जितिन् ‘इण्डियन आइडल सिजन १५’को उपाधि-Sutra News

आफ्नो भावुक गायनको कारण मानसी घोषले जितिन् ‘इण्डियन आइडल सिजन १५’को उपाधि

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौं । ‘इन्डियन आइडल सिजन १५’ को उपाधि मानसी घोषले जितेकी छन्। गएराती सम्पन्न फिनालेमा मानसीले उपाधि जितेकी हुन्।



मानसीले आफ्नो भावुक र शक्तिशाली गायनले साथी फाइनलिस्ट सुभजित चक्रवर्ती र स्नेहा शंकरलाई पराजित गरेकी थिइन्। उनको निरन्तर प्रदर्शन र दर्शकहरूसँग जोडिने क्षमताले उनलाई शीर्ष स्थान हासिल गर्न मद्दत गर्‍यो।

उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन्। योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन्।

जितपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो छ। ‘इन्डियन आइडल’को आधिकारिक इन्स्टाग्राम अकाउन्टले पनि घोषलाई बधाई दिएको छ।

यो सिजनलाई श्रेया घोषाल, विशाल ददलानी र बादशाहले जज गरेका थिए।

फिनालेमा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली), प्रियङ्शु दत्त र मानसी घोष थिए। जसमध्ये स्नेहा, मानसी र सुभाजित ‘टप ३’ मा परे। मानसी बिजेता भइन् भने स्नेहा शंकर सेकेन्ड रनरअप भइन्। स्नेहाले ५ लाख भारु जितिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार