शेयर बजारमा ३२ अंकको गिरावट-Sutra News

शेयर बजारमा ३२ अंकको गिरावट

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ।



आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशलमव ४५ अंकले घटेर २,६७० को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, बैंकिङ्ग समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार