

काठमाडौं । १५ चैतमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो। तामाङले ट्राफिक लाइट तोडफोड सँगै जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ।
यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ। उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ।