भारतीय नेता त्यागीको व्यंग्य- ओलीजीले रामलाई पनि नेपालमै जन्मिएको बनाइदिनुभयो-Sutra News

भारतीय नेता त्यागीको व्यंग्य- ओलीजीले रामलाई पनि नेपालमै जन्मिएको बनाइदिनुभयो

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौ । भारतीय नेता केसी त्यागीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा व्यंग्य गरेका छन्।



‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर आजादले पुर्‍याएको योगदान’ विषयक विचार गोष्ठीमा सहभागी हुन नेपाल आएका त्यागीले ‘राम नेपालमा जन्मिएका हुन्’ भन्दै ओलीले दिएको अभिव्यक्तिमा व्यंग्य गरेका हुन्।

त्यागीले रामको जन्म कहाँ भएको हो भन्ने विवादभन्दा पनि धर्मलाई अफिम मान्ने मार्क्सवादीले रामको अस्तित्व स्वीकार गर्नु महत्त्वपूर्ण रहेको बताए।

‘सीता माता त नेपालकै हुनुहुन्थ्यो। ओलीजीले रामलाई पनि नेपालमै जन्मिएको बनाइदिनुभयो,’ त्यागीले भने, ‘कहाँ जन्मिएको भन्ने विवाद त्यति महत्त्वपूर्ण छैन जति धर्मलाई अफिम भन्ने मार्क्सवादीले रामको अस्तित्व स्वीकार गर्नुको महत्त्व छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार