जब महानगरमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं फर्किए, अनि बालेनले पनि तलब पाए-Sutra News

जब महानगरमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं फर्किए, अनि बालेनले पनि तलब पाए

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि कर्मचारीले तलब पाएका छन्।



सोमबार मेयर बालेन्द्र शाहदेखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको महानगरकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

महानगरमा ३ महिनादेखि ६ महिनासम्मको तलब कर्मचारीले पाउन बाँकी थियो। बाँकी तलब सबैले पाएको मानन्धरको भनाइ छ। महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ।

उनका अनुसार महानगरका २९ सय कर्मचारी १ अर्ब १३ करोड भुक्तानी भएको हो।

काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद भएको थियो। बालेनले समिति गठन गरि अनुसन्धाान गराएका थिए भने गुरागाईंलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन्।

तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले बिहीबार गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए। त्यसपछि आज बालेन स्वयम्ले पनि तलब पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार