गोलकिपर अन्जनाले छाडिन् आर्मी, अब एपीएफबाट खेल्ने-Sutra News

गोलकिपर अन्जनाले छाडिन् आर्मी, अब एपीएफबाट खेल्ने

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरले त्रिभुवन आर्मी क्लब छाडेकी छन्। अब उनी विभागीय टोली नेपाल एपीएफ क्लबबाट खल्ने छिन्।



विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले अब एपीएफको जर्सीमा फुटबल खेल्नेछिन्।

एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ।

नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा हाल ग्रीसमा व्यावसायिक फुटबल खेल्दै छिन्।

एन्जिला ग्रीसमा खेल्दा सावित्री किसनले एपीएफको पोष्ट सम्हालेकी थिइन्। अन्जनाले भने यसअघि साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार