

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको निर्णयलाई सम्मान गर्ने भन्दै कानुनी प्रक्रियाबाट न्याय खोज्ने बताएका छन्।
आज कारागार चलान हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा जाने तयारी रहेको बताए।
रविले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुन सक्दैन भन्ने मलाई विश्वास छ। उठाइएका शंकाहरू निराधार सावित हुनेछन्।’
आफ्नो दलप्रति प्रतिबद्धता जनाउँदै उनले कार्यकर्तालाई अभियान कमजोर नपार्न आग्रह गरे। ‘पार्टी एकताबद्ध राख्नुस्, अभियानलाई अझ सशक्त बनाउनुहोस्। सक्नुहुन्छ भने अघि बढाउनुहोस्, नसके पनि घटाउनु मात्रै छैन। जनताको बीचमा हाम्रो अभियान पुर्याउनुहोस्,’ उनले भने।
रविले आफूविरुद्ध राजनीतिक प्रतिशोध लिइएको आरोप पनि लगाए। ‘यो एउटा परीक्षा हो, र म यसमा पहिलो विद्यार्थी बनेको छु। अब पालो सबैको आउँछ। जसरी मैले परीक्षा दिइरहेछु, त्यसैगरी अरूले पनि दिनुपर्ने हुन्छ,’ उनले भने।
यस्ता थिए रविका ४ सन्देश:
१. अदालतकाे आदेशकाे सम्मान छ। कानूनले दिएकाे अधिकार प्रयोग गर्छु। तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।
२. न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।
३. पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहाेला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताकाे बीचमा पुर्याउनुस्।
४. अहिले ममाथि राजनीतिक प्रतिशाेध भयाे। पालाे सबैकाे आउँछ। याे परीक्षाकाे पहिलाे विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।