शिक्षकहरूलाई प्रधानमन्त्रीको प्रश्न- किन सडकमा गएर सुत्नु भएको हो ?-Sutra News

शिक्षकहरूलाई प्रधानमन्त्रीको प्रश्न- किन सडकमा गएर सुत्नु भएको हो ?

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनका जायज माग लिएर वार्तामा आए सम्बोधन गर्न तयार रहेको बताएका छन्।



सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्ने क्रममा उनले शिक्षकहरूलाई सडकमा दुःख नपाउन र आन्दोलन नगरी कुराकानीबाट समाधान खोज्न आह्वान गरेका हुन्।

उनले भने, ‘अहिले शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको हो मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिरहेको छु- जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं।’

प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न सुझाए।

‘आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं। उहाँहरू कुराकानीमा आउनुहोला, हामी यथोचित ढंगले सम्बोधन गर्छौं, उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार