थप सस्तियाे सुनको मूल्य-Sutra News

थप सस्तियाे सुनको मूल्य

मंगलबार, २६ चैत्र २०८१

मंगलबार, २६ चैत्र २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।



मूल्य घटेसँगै मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम थियो ।

सुनको मूल्य घटिरहँदा मंगलबार चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार सोमबारकै तुलनामा चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँको दरले किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार १ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार