

पृथ्वीनारायण शाहका दुई महारानी इन्द्र कुमारी र नरेन्द्र लक्ष्मी । कान्छी महारानी नरेन्द्र लक्ष्मीबाट जन्मेका ज्येष्ठ सुपुत्र प्रताप सिंह नेपालका राजा भएका थिए ।
प्रतापसिंह शाहका दुई महारानी राजेन्द्र लक्ष्मी र मैजुरानी । जेठी श्रीमती राजेन्द्र लक्ष्मीबाट दुई पुत्र जन्मिएका थिए, नरेन्द्र शाह र रण बहादुर शाह । रण बहादुर शाहका पनि दुई महारानी थिए सुवर्ण प्रभा र कान्तिवती । रण बहादुर शाहका जेठी श्रीमती सुवर्ण प्रभाबाट दुई पुत्र भएका थिए, रणउद्योत शाही र शमशेर शाही । श्री ५ रण बहादुर शाहका ज्येष्ठ पुत्र रण उद्योग शाही राजा हुन पाएनन् । नेपाली इतिहास मा यहीनिरबाट राजाको रोल क्रम मिचिएको देखिन्छ ।
रोल क्रमका रूपमा राजा हुनुपर्ने रणउद्योत राजगद्दीमा बसेनन् । अब श्री ५ प्रतापसिंह शाहका ल्याइते श्रीमती मैजुरानी जोसँग प्रतापसिंह शाहसग विधिपूर्वक बिहे नै भएको थिएन, तिनै पट्टिबाट जन्मिएका दुइटा सुपुत्र जेठा विदुर शाही र कान्छा शेर बहादुर शाही । श्री ५ गिर्वाणयुद्द विक्रम शाह तिनै श्री ५ प्रताप सिंह शाहका ल्याइते श्रीमती मैजुरानीका छोरा विदुर शाहीका पुत्र थिए । सौतेनी भाइ शेर बहादुरले रण बहादुरको हत्या गरिदिएका थिए । त्यसपछि नेपालमा जति पनि राजाहरू भए तिनै श्री ५ प्रताप सिंह शाहकि ल्याइते रानी मैजुरानी पट्टिका सन्तान दर सन्तान हुन् ।
श्री ५ गीर्वाणयुद्द विक्रम शाहका दुई महारानी जेठी सिद्धिलक्ष्मी देवी र कान्छी गोरक्ष राज्यलक्ष्मी देवी । सिद्धि लक्ष्मीबाट जन्मिएका राजेन्द्र विक्रम शाह नेपालका राजा भए । यिनी प्रताप सिंहकी भित्रिनी मैजुरानीकी पलाती हुन । श्री ५ राजेन्द्र विक्रम शाहका पनि दुइटा श्रीमती एक साम्राज्य लक्ष्मी अर्की राज्यलक्ष्मी । राजेन्द्र विक्रमका जेठी श्रीमती साम्राज्य पट्टिबाट जन्मिएका ज्येष्ठ पुत्र सुरेन्द्र विक्रम शाह नेपालको राजा भए । श्री ५ सुरेन्द्र विक्रम शाहका चार महारानी थिए । त्रैलोक्य राज्यलक्ष्मी ,सुर राज्यलक्ष्मी ,देव राज्यलक्ष्मी र पुण्यकुमारी ।
जेठी श्रीमती त्रैलोक्य राज्यलक्ष्मीबाट जन्मिएका त्रैलोक्य विक्रम शाह नेपालका राजा भए । श्री ५ त्रैलोक्यका तीन श्रीमती थिए । जेठी तारा कुमारी, माइली ललित राज्यलक्ष्मी र अर्की कान्छी । माइली श्रीमती ललित राज्यलक्ष्मीबाट जन्मिएका पृथ्वी वीर विक्रम शाह नेपालको राजा भए । यहाँ त्रैलोक्यका जेठी श्रीमती तारा कुमारीबाट जन्मिएका छोराहरू राजा हुन बाट वञ्चित भए ।
श्री५ पृथ्वी वीर विक्रम शाहका ५ वटी महारानी थिए । जेठी रेवती रमण राज्यलक्ष्मी, माइली लक्ष्मी दिब्यश्वरी, साइली किर्ती दिब्यश्वरी, काइली दुर्गा दिब्यश्वरी र अर्की कान्छी । माइली महारानीबाट जन्मिएका हुन् श्री ५ त्रिभुवन वीर विक्रम शाह उनी राजा भए । राजा त्रिभुवनका पनि तीन महारानी थिए कान्ति, इश्वरी र सरला देवी । त्रिभुवनका जेठी महारानी कान्ति राज्यलक्ष्मीबाट जन्मिएका महेन्द्र वीर विक्रम शाह नेपालका राजा भए ।
महेन्द्रका पनि तीन पत्नी थिए । इन्द्र, रत्न र गीता । गीताबाट जन्मिएका हुन रवीन्द्र विक्रम शाह । उनी महेन्द्रका ज्येष्ठ पुत्र हुन । विधिपूर्वक त उनी राजा हुनुपर्ने थियो तर गीता गुरुङ पनि थिइन र उनी ल्याइते हुन । महेन्द्रको शेष पछि महेन्द्रका छोराहरूले दुई/चार वटा श्रीमती राख्ने परम्पराको अन्त गरे ।
यसरी नेपालको इतिहास अध्ययन गर्दा नेपालका राजाहरू आपराधिक खालका मात्रै देखिन्नन्, स्त्री लम्पट, सौखिन, मनमौजी देखिन्छन् । राजा हुने रोल क्रम राणाहरूमा मात्रै मिचिएको थिएन, शाहहरूमा पनि त्यतिकै मिचिएको थियो । नेपालको इतिहासमा रण बहादुर शाहपछि ज्ञानेन्द्र विक्रम शाहसम्म जति पनि राजा भए, ती सबै प्रताप सिंह शाहका भित्रिया श्रीमती मौजुरानीकै सन्तान हुन् ।
प्रताप सिंह शाहकी अवैध पत्नि (इतिहासमा रखैल पनि भनिएको छ) मैजुरानीका छोरा विदुर शाहीका सन्तान दर सन्तान हुन् नेपालका राजाहरू । महेन्द्र यदि जात र धर्मको पछि नलागेका भए गीता शाहका सुपुत्र रवीन्द्र विक्रम शाह राजा हुन्थे । गीता शाह गुरुङनी र भित्रिनी भएकी कारण उनका छोरा राजा हुन पाएनन् । नेपालका राजाहरूमा जातीय विभेदता कायम थियो । मन पर्दा र बैँस साट्दा जातभात हेरिन्नथ्यो नेवार गुरुङ बिधुवा विदेशी जो पनि चल्थ्यो तर जब राजगद्दीको कुरा आउँथ्यो त्यति बेला जातभात ल्याइते ब्याइते र विधिशास्त्रीय विवाहको कुरा आउँथ्यो ।