विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन-Sutra News

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, २६ चैत्र २०८१

मंगलबार, २६ चैत्र २०८१

काठमाडाैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ।



कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वः पुँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी कायम गर्न एफपीओ जारी गरेको हो।

लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता शेयर निष्कासन गर्नेछ। प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपश्चात् ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार