

काठमाडौं । चैत १५ को राजावादी प्रदर्शनमा अराजक जत्था भेला पार्ने काममा सक्रिय भएको आरोपमा शाही युवा शक्ति नेपालका उपाध्यक्ष दिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो।
चैत १५ को प्रदर्शनलाई उत्तेजित बनाउने दुर्गा प्रसाईंसहितका केही मानिसको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीले बताए। शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन्।