

काठमाडौं । नेपालकै नम्बर १ अडियो र वेयरेबल ब्राण्ड अल्टिमा लाइफस्टाइलले नयाँ वर्ष २०८२ र नयाँ शोरूम उद्घाटनको अवसरमा ‘बयासीको अफर’ सार्वजनिक गरेको थियो । सो अफरअन्तर्गत पहिलो ८२ जना ग्राहकलाई फ्यूसन ३६० इयरबड्स रु.३६० मै उपलब्ध गराउने घोषणा गरिएको थियो ।
अफर सार्वजनिक भएपछि उत्साहित ग्राहकहरुको चाप अपेक्षाभन्दा निकै बढ्यो । कतिपय व्यक्ति रातिदेखि नै इयरबड्स लिन शोरूम अगाडि लाइनमा बसे ।
जसका कारण पुतलीसडकस्थित शोरूममा भीड अत्याधिक भयो । जसको कारण भीड व्यवस्थापनमा सुरक्षाकर्मी नै परिचालन हुने अवस्था बन्यो ।
अत्याधिक भीडको घटनापछि अल्टिमाले उक्त दिन शोरुम नै खोलेन ।
उक्त घटनापछि कतिपयले अल्टिमाबाट स्क्याम भएको आरोप लगाइरहेका छन् । तर, के अल्टिमाले स्क्याम नै गरेको थियो त ?
कम्पनीले पूर्वयोजनामा कुनै स्क्याम नगरेको दाबी गरेको छ । उक्त दिन शोरुम नखोलिएको भएपनि ८२ जना पहिलो ग्राहकलाई सम्पर्कमा ल्याइ इयरबड्स दिएको कम्पनीको दाबी छ ।
जसको विवरण कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो ।
यी हुन् एयरबड्स लिने ग्राहक