घुसपैठको आरोपमा राप्रपाको सभाबाट दुई जना पक्राउ-Sutra News

घुसपैठको आरोपमा राप्रपाको सभाबाट दुई जना पक्राउ

मंगलबार, २६ चैत्र २०८१

मंगलबार, २६ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ।



राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए।

उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ।

यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय खुलेको छैन। प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए।

राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीजस्ता एजेन्डामा राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार