बल्खुबाट लिङ्देनको चेतावनी- बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौं, जेल राम्रो बनाएर राख्नुस्-Sutra News

बल्खुबाट लिङ्देनको चेतावनी- बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौं, जेल राम्रो बनाएर राख्नुस्

मंगलबार, २६ चैत्र २०८१

मंगलबार, २६ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन्।



मंगलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताए।

‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ। बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख ।’

उनले चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको भन्दै राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने बताए।

चैत १५ को घटनामा भएको क्षतिप्रति अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले थपे, ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो। त्यो भन्न कुनै आपत्ति छैन।’

उनले पछि आफैं बस्नुपर्ने भन्दै देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन्।

‘तपाईंहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौं। तपाईंहरू जेल राम्रो बनाएर राख्नुस्, पछि आफू नै बस्ने हो। त्यो दिन आउँछ आउँछ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार