सिलिण्डर पड्किएर सल्किएको आगोले अछाममा जले २७ घर-Sutra News

सिलिण्डर पड्किएर सल्किएको आगोले अछाममा जले २७ घर

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१
फाइल तस्बिर

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।



आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेकाे आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।

जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार