

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै भ्रष्ट सरकार भएको दाबी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली सरकारबारे यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष यादवले ओली सरकारबाट इतिहासमै लेखिने गरी भ्रष्टाचार, कुशासन र लुटतन्त्र मच्चाइएको दाबी गरेका छन् । सरकारले जनतालाई भ्रममा राखिरहेको यादवको दाबी छ ।
“आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ, देशमा सुशासनको नाम निशाना नै छैन, भ्रष्टाचार नियन्त्रणको कुरा छोड्औं”, यादवले भनेका छन्, “आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिल्यै देखेको थिइन् ।”
अध्यक्ष यादवले देशको अर्थतन्त्र धराशायी बनेको र कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा व्यापक सुधार आवश्यक रहेको बताए । तर, ओली नेतृत्वको सरकारबाट यस्ता विषय पूरा नहुने उनको भनाई छ ।
सरकार गठनपूर्व असार १७ मा गरेको सहमतिमा झैं संविधान संशोधनको प्रक्रियामा कांग्रेस–एमाले अगाडि बढ्ने अवस्था नरहेको दाबी यादवको छ । उनले सरकारको नियत नै संविधान संशोधन नभएको बताएका छन् ।
सरकारप्रति आक्रामक देखिएका यादवले जसपा नेपाललाई भने सत्ता पक्षमै उभ्याएका छन् । सत्तापक्षमै उभिने र सत्तापक्षकै रुखो आलोचना गरिरहँदा उनिप्रति आममा भने प्रश्न उठिरहेको छ ।