चारदेशीय टी-२० आई सिरिज : कतारमाथि नेपालको सहज जित-Sutra News

चारदेशीय टी-२० आई सिरिज : कतारमाथि नेपालको सहज जित

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।



टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार