

काठमाडौं । केही समयअघि बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजाको डिभोर्स हुन लागेको चर्चा चलेको थियो।
गोविन्दाको एक्स्ट्रा म्यारिटल अफेयरका कारण उनीहरूको डिभोर्स हुन लागेको बताइएको छ। भारतीय सञ्चारमाध्यम जुम टिभीका अनुसार गोविन्दा ३० वर्षकी एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा छन्।
उनीहरूले विवाहको ३७ वर्षपछि डिभोर्स गर्न लागेको बताइएको थियो।
हालै गोविन्दाकी श्रीमतीले यस विषयमा कुराकानी गरेकी छन्।
‘मान्छेहरूले नकारात्मक कुरा गरेपनि मैले सकारात्मक तरिकाबाट लिन थालिसकेकी छु। मान्छेहरू कुकुर हुन् भुकिरन्छन्। जबसम्म म वा गोविन्दा हाम्रो सम्बन्धलाई लिएर केही कुरा गर्दैनौं तबसम्म कसैले केही कुरा नपत्याउनु,’ उनले भारतीय सञ्चारमाध्य दैनिक भास्करसँग कुराकानी गर्दै भनेकी छन्।
उता, गोविन्दा र सुनीताको डिभोर्स प्रक्रिया अन्तिम चरणमा छ। यस विषयमा गोविन्दाका भान्जा कमेडियन कृष्णा अभिषेकले भने, ‘यो सम्भव छैन। उहाँहरू आपसमा सबै सम्हाल्नु हुन्छ। उहाँहरू डिभोर्स लिनुहुन्न। मलाई थाहा छैन उहाँहरूबीच के भयो। यति वर्षदेखि उहाँहरूसँगै बसिरहनु भएको छ। उहाँहरू एक अर्कालाई निकै माया गर्नुहुन्छ। त्यसैले उहाँहरूले डिभोर्स लिनुहुन्छ जस्तो लाग्दैन।’
जुम टिभीको रिपोर्ट अनुसार, यदि गोविन्दा र सुनिताको ब्रेकअप भयो भने यसलाई ग्रे डिभोर्स भनिन्छ। विवाहको २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ‘ग्रे डिभोर्स’ भनिन्छ। यसलाई ‘सिल्भर स्प्लिटर्स’ पनि भनिन्छ।
अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढेपनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ।
गोविन्दा र सुनीताले ११ डिसेम्बर १९८७ मा विवाह गरेका थिए।