काठमाडौं लगायतका जिल्लामा हल्का वर्षा, मौसममा सुधार आउने अपेक्षा-Sutra News

काठमाडौं लगायतका जिल्लामा हल्का वर्षा, मौसममा सुधार आउने अपेक्षा

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । बुधवार दिउँसो काठमाडौँ सहितका जिल्लामा हल्का वर्षा भएको छ ।



झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार