खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध-Sutra News

खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले करकट्टीसम्बन्धी विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकारको आन्तरिक राजस्व प्रणालीमा समावेश गर्न ग्राहकहरूले प्यान अद्यावधिक गर्नु अत्यावश्यक रहेको जनाएको छ ।



बैंकका अनुसार ग्राहकहरूले आफ्नो खाताबाट भुक्तानी भएको ब्याजको कर विवरण भ्याट पोर्टलमा दर्ता गराउन प्यान अनिवार्य भएको हो । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः अनुसूची १० मा मिलान हुने र कर प्रमाणपत्र पनि सजिलै उपलब्ध हुने बैंकले जनाएको छ । यसले ग्राहकलाई बैंकसम्म धाउनु नपर्ने व्यवस्था मिलाउने विश्वास बैंकले व्यक्त गरेको छ ।

बैंकले मोबाइल बैंकिङ एप तथा वेब पोर्टलमार्फत ‘प्यान अपडेट’ गर्न सकिने र आवश्यक परे नजिकको शाखामा पुगेर पनि सो कार्य गर्न सकिने जनाएको छ । ग्राहकहरूले यसअघि बैंकलाई प्यान दिएको भए पनि कर विवरण समावेश नभएको अवस्थामा बैंकमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार