

हाम्रो समाजमा विवाहलाई पवित्र संस्कार मानिन्छ । तर, यही विवाहलाई युरोपेली सभ्यता अनुसार हेर्ने हो भने एउटा सम्झौता हो ।
विवाहलाई धेरैले उमेरसँग पनि तुलना गर्ने गर्दछन् । फेरि प्रेम गर्ने सवालमा भने खासै उमेर वा रुपसँग तुलना गरिएको पाइँदैन ।
विवाहमा, बेहुला र बेहुली बिच प्रायः उपयुक्त उमेरलाई ध्यानमा राखिन्छ । विवाहको समयमा केटा र केटीबिच प्राय ५/६ वर्षको उमेरको भिन्नता उचित मानिन्छ ।
प्रेम विवाहमा केटा र केटी लगभग एउटै उमेरका हुन्छन्। तर, बदलिँदो समाज र वातावरणले हामीलाई यस्तो बनाइदिएको छ कि कुनै व्यक्तिहरू आफूलाई मन पर्यो भने खासै गुमाउन चाहँदैनन् ।
जहाँ उमेर उनीहरूका लागी केवल एक संख्या मात्र बनिदिन्छ र प्रेम सब थोक । उनीहरूका लागी प्रेमको कुनै सीमा हुँदैनन्।
यस्तै अनौठो प्रेमकथा बाहिर आएको छ अमेरिकाबाट, जहाँ एक १९ वर्षीय युवतीले ४१ वर्षीय पुरुषसँग विवाह गरेकी छिन् ।
यति बेला उनीहरूको प्रेमकथाले सबैलाई चकित पारेको छ। चकित यसकारण पारेको छ की यी केटी आफ्नो बुबाको उमेरको मान्छेसँग प्रेममा परिन् र प्रेम पश्चात् छिट्टै विवाह मात्र गरिनन्, उनको छिट्टै एउटा बच्चा पनि पाइन् । उनको नाम हो इयाह र उनको श्रीमानको नाम रफाह ।
उनीहरू दुईको भेट एउटा बारमा हुन्छ, जहाँ इया वेट्रेसको रूपमा काम गर्थिन्। त्यस पछि उनीहरू दुईको प्रेम कहानि रोचक बन्दै जान्छ ।
इया भन्छिन्, ‘म एउटा बारमा काम गरिरहेको थिएँ। त्यसपछि मैले याद गरे एक जना मान्छेले मलाई बारम्बार हेरिरहेको हुन्थ्यो। मैले उसँग कुरा गरें र पछि एक अर्काको नम्बर साटासाट भयो। यसपछि हामीले सँगै समय बिताउन थाल्यौं।’
भेटेपछि, उनीहरूको कथा झनै रोचक बन्यो । इयाले पनि आफूहरूलाई एक अर्काको उमेर थाहा नभएको बताउँछिन् । तर उनीहरू दुई सँगै बने बस्न थालीसकेका हुन्छन् ।
उनी भन्छिन्, ‘बोलचाल भएको तीन हप्तापछि रफाहसँगै बसेँ र आठ महिना पछि उसले मलाई प्रस्ताव गर्यो।’
अहिले इया र रफाह विवाहित छन् र उनीहरूको एउटा बच्चा पनि छ। यो जोडीले सामाजिक सञ्जालमा आफ्नो खुसी पनि साटेका छन् ।
जहाँ उनीहरूले एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा, दुवैले आफ्नो हातले मुटु बनाएर आफ्ना फलोअर्सका लागि चुम्बन गरेका छन्। यो भिडियो छिट्टै भाइरल भयो र मानिसहरूले यसमा टिप्पणी गर्न थालेका छन् ।
अझ रोचकको कुरा, आमा १९ वर्षकी हुँदा छोरी १८ वर्षकी छिन्
इया र रफाह विवाहित हुन् । तर, उनीहरूको सम्बन्धबारे अर्को अचम्मलाग्दो कुरा पनि प्रकाशित भएको छ। रफाहको पहिलो श्रीमती र एक छोरी थिए ।
पहिलो श्रीमतीकी छोरी इयाभन्दा मात्र एक वर्ष कान्छी छिन्। एजेन्सीबाट