

काठमाडौं । बलिउड अभिनेता सनी देओलले ‘गदर २’ हिट भएपछि आफ्नो पारिश्रमिक बढाएका छन्।
त्यसअघि उनी अभिनीत फिल्म ‘गदर २’ ले बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। त्यसपछि उनले पारिश्रमिक बढाएका हुन्।
सनीको फिल्म ‘जाट’ को प्रदर्शनको तयारीमा छन्। भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार सनीले ‘जाट’ का लागि ५० करोड भारू लिएका हुन्।
सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।
गोपिचन्दले निर्देशन गरेको फिल्म ‘जाट’ मा सनीसँगै रणदीप हुड्डा, विनीत कुमार सिंह, रेगिना चसन्द्र, सैयमी खेर, स्वरूपा घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा एक्सन कोरियोग्राफी अनल अरासु, राम लक्ष्मण र वेंकटले गरेका हुन्।
यो फिल्म १० अप्रिलदेखि हलमा रिलिज हुनेछ।