

काठमाडौं । साताको पाँचौ कारोबार दिन (बिहीबार) सुनको मूल्यमा भारी बृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २ हजारले बढेको सुनको मूल्य आज एकै दिन ५ हजार ७ सय रुपैयाँले बृद्धि भएको हो ।
मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बिहीबारकाे मूल्य हालसम्मकै उच्च हो ।
यसअघि चैत २१ मा सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर रेकर्ड कायम गरेको थियो । जुन रेकर्डभन्दा बिहीबारकाे मूल्य ८ सयले बढी हो ।
चैत २१ यता भने स्थानीय बजारमा सुनकाे मूल्य निरन्तरजसाे ओरालोमा थियो । तर, बुधबार पुनः एकै दिन उच्च मूल्यले बढेसँगै सुनकाे मूल्यले पुनः पुरानै लय लिन थालेकाे संकेत गरेकाे थियाे ।
सुनको मूल्यमा भारी बृद्धि हुँदा आज चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको छ । बुधबारको तुलनामा एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै बिहीबार स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३१२७ डलरमा किनबेच भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा ४४ डलरले बढी हो ।