टी-२० आईमा दिपेन्द्रले बनाए अर्को नयाँ कीर्तिमान-Sutra News

टी-२० आईमा दिपेन्द्रले बनाए अर्को नयाँ कीर्तिमान

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१
xr:d:DAGCTT0a_y8:4,j:5060218931516208952,t:24041314

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन् ।



उनले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।

बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए । उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।

दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ । त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार