

काठमाडौं । निर्माता विनोद पौडेलले आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा टिकट किनेको बताएका छन्।
पछिल्लो समय निर्माताले नै हलमा टिकट किन्ने गरेको भन्दै आफूले पनि टिकट किनेको स्वीकारे गरे।
‘…ले फिल्म बनाए पनि २० देखि २५ लाखको त टिकट किन्नै पर्छ,’ निर्माता पौडेल फेसबुकमा लेख्छन्, ‘१०–१२ लाखको त हामीले पनि किनेकै हो।’
अहिले चलचित्रको टिकट निर्माता स्वयंले काट्नु मार्केटिङको योजनाअन्तर्गत नै पर्ने गरेको उनको भनाई छ।
‘अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो,’ उनले भने।
गत कात्तिकमा प्रदर्शन भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले व्यापारमा नयाँ कीर्तिमान बनायो। चलचित्र विकास बोर्डको तथ्यांक अनुसार फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गरेको छ।
पौडेलले भनेझैं गएको लक्ष्मीपूजादेखी रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले सुरुका तीन दिनसम्म दर्शकको पट्टक्कै साथ पाएको थिएन। तर त्यसपछिका दिनहरूमा भने बिस्तारै वर्ड अफ माउथ र टिकटकमा क्रेज बढेपछि दर्शक हलमा गएका हुन्।