

कहिलेकाहीँ आफ्नै जीवन पनि आफ्नै होइन की जस्तो लाग्ने रहेछ । मनमा अनेकन कुराहरुले डेरा जमाउने रहेछन् । थाहा पनि नहुने जीवन आफै चलिरहेको छ या माथिबाट कसैको इशारामा चलिरहेको छ । दोधार मै पनि जीवन वित्न सक्ने रहेछ ।
अनि हरेक व्यत्तिलाई आफ्नो कहानि फिल्म जस्तो लाग्ने रहेछ । यस्तोमा कहिलेकाहीँ लाग्न सक्छ हामिलाई आफ्नो कथाको निर्देशक हामि आफैं बनेका छौ र हाम्रो कथा फिल्मी शैलीमा लेखिरहेको छ। सोच्दा सपना जस्तो पनि लाग्न थाल्ने रहेछ । एउटा यस्तो यथार्थ घटना जुन फिल्म भन्दा कम छैन । यो कहानी हो अमेरिकाकी ज्याकलिन र भारत आन्ध्र प्रदेश नेल्लोरका चन्दनको ।
यो घटना २०२१ को हो । अमेरिकाको टेक्सासकी एउटी केटी, नाम ज्याक्लिन फोरेरो । जो एक फोटोग्राफर, सामग्री निर्माता हुन् । एक दिन अचानक जङ्गली आगोले ज्याक्लिन फोरेरोको सबै कुरा गुम्न पुग्छ । यहाँसम्म कि उनको घर, सामान, सपना, र सम्बन्धहरू सबथोक ।
उनी आफ्नो श्रीमानबाट समेत अलग्गिन पुगिन् । यस्तोमा उनलाई एक्लोपनको महशुस हुनथाल्छ । त्यहि एक्लोपनमा हराइ रहँदा एक दिन उनको जीवनले नयाँ मोड भेट्यो । त्यो मोडमा दुई देशका साथीहरू भेटिए । अमेरिका र भारत । त्यसपछि सुरु हुन्छ इन्स्टाग्रामको रोचक कहानी ।
एक दिन उनलाई अचानक इन्स्टाग्राममा एउटा म्यासेज आउँछ ‘हाइ’ भनेर ।
अचानक उनलाई एक दिन इन्स्टाग्राममा एउटा सन्देश आयो, त्यो पनि दुई अक्षरको नमस्ते भनेर । यहि दुई अक्षरले दुई देश बीच प्रेमको नयाँ बाटो सिर्जना गर्न सफल बन्यो ।
अझ आशचर्यको कुरा लगभग १४ महिना अघि, ज्याकलिन चन्दनलाई नमस्ते लेख्ने पहिलो व्यक्ति थिइन्, आन्ध्र प्रदेशको नेल्लोरका चन्दन एक संगीत प्रेमी, फोटोग्राफर हुन् ।
उनिहरु दुवै क्रिश्चियन हुन् । दुवैको मनमा कलाको लागि ठाउँ विशेष ठाउँ थियो । उनिहरुको रोजाई र विचार पनि उस्तैउस्तै नै थिए ।
बिस्तारै उनिहरुमा कुराकानी हुँदै गयो । सामान्य कुराकानीबाट सुरु भएको कुराकानी आठ महिनाको अनलाइन डेटिङमा परिणत भयो।
इन्स्टाग्राममा चन्दनबाट प्राप्त सन्देशले ज्याकलिनको जीवन परिवर्तन गरिदिएको छ । यतिबेला ज्याकलिन र चन्दनको जोडी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ज्याकलिन र चन्दन अहिले सँगै बस्छन् र छिट्टै विवाह गर्ने योजना बनाउँदैछन्। एजेन्सीबाट