

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सडकमा रहेका आन्दोलनरत पक्षलाई इंगित गर्दै यस्तो बताए।
‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘…अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो। मुख्य एजेन्डा नै यही हो।’
उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने बताए।
‘सरकार र सरकारका नीतिहरू छिनछिनमा अनप्रेडिक्टेबल ढंगले बदलिने, एउटा सरकारको ठाउँमा अर्को तुरुन्तै बदलिने, अघिल्लो सरकारले ल्याएको राम्रो कुरा पनि उसले उच्चारण समेत गर्न हुँदैन भनेजस्तो गर्ने हुँदैन,’ प्रधानमन्त्री ओलीले भने।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सत्तारुढ एमाले, रास्ज्त्रिया स्वतन्त्र पार्टी (रास्वपा) सडकमा छन्। त्यस्तै, शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा उत्रिएका छन् भने कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा, माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना, सहकारी पीडितको प्रदर्शन र कवाड व्यवसायीलगायतले सडकमा प्रदर्शन गरिरहेका छन्।