२०८१ : ‘पुष्पा २’ले नेपालबाट लग्यो २६ करोड रुपैयाँ, धेरै कमाउने टपटेन विदेशी फिल्म कुन-कुन ?-Sutra News

२०८१ : ‘पुष्पा २’ले नेपालबाट लग्यो २६ करोड रुपैयाँ, धेरै कमाउने टपटेन विदेशी फिल्म कुन-कुन ?

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । २०८१ साल स्वदेशी तथा विदेशी फिल्मसहित नेपाली फिल्मको बजार २ अर्ब ७० करोड पुगेको छ।



चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यसवर्ष नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ पुगेको हो।

नेपालीतर्फ हालसम्म ५९ नेपाली रिलिज हुँदा ग्रस कलेक्सन १ अर्ब ८० करोड छ। जसमा ‘पूर्णबहादुरको सारंगी’ले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमायो।

यसवर्ष रिलिज भएका कूल ८३ विदेशी फिल्मको कमाई ८९ करोड ५८ नेरु छ। जसमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले उच्च व्यापार गरेको छ।

धेरै कमाइ गर्ने १० विदेशी फिल्म

पुष्पा २- २६ करोड ४४ लाख रुपैयाँ ग्रस

कल्की २८९८ एडी-१२ करोड ५७ लाख

स्त्री २- ८ करोड ११ लाख नेरु ग्रस

सिंघम अगेन- ४ करोड ९४ लाख नेरु ग्रस

भुलभुलैया ३- ४ करोड ७२ लाख नेरु ग्रस

सिकन्दर- २ करोड ९० लाख नेरु ग्रस

डेडपुल एण्ड वुल्भरिन- २ करोड ७१ लाख नेरु ग्रस

छावा- २ करोड २० लाख नेरु ग्रस

द ग्रेटेस्ट अफ अल टाइम (गोट)- २ करोड २ लाख नेरु ग्रस

देवारा पार्ट वन- १ करोड ९७ लाख नेरु ग्रस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार