प्रतिक्षित दुई फिल्म भोलिदेखि : ‘पिताम्बर’ले १७० शो पाउँदा ‘कर्मा’ले कति पायो ?-Sutra News

प्रतिक्षित दुई फिल्म भोलिदेखि : ‘पिताम्बर’ले १७० शो पाउँदा ‘कर्मा’ले कति पायो ?

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । शुक्रबारदेखि दुई प्रतिक्षित नेपाली फिल्म हलमा रिलिज हुँदैछन्। विपिन कार्की स्टारर फिल्म ‘कर्मा’ र मल्टीस्टारर ‘पिताम्बर’ भोलिदेखि हलमा भिडन्त गर्दै छन्।



बिहीबारदेखि सनी देओल स्टारर हिन्दी एक्सन फिल्म ‘जाट’ प्रदर्शनमा आएको छ। उसको न्यून अकुपेन्सी छ।

शुक्रबारदेखि रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’ले प्रतीक्षित छन्। इन्टरनेट प्लाटफर्ममा पनि यी फिल्मका प्रचार सामग्रीले स्थान पाएका छन्।

दुईमध्ये धेरै ‘पिताम्बर’ले देशव्यापी १७० शो पाएको छ। ‘कर्मा’ले १२४ शो पाउँदा सनी देओल स्टारर भारतीय फिल्म ‘जाट’को शो संख्या शुक्रबार १०३ छ।

‘पिताम्बर’ र ‘कर्मा’ दुबै फिल्मको एड्भान्स टिकट बिक्री न्यून देखिन्छ। प्राप्त शो संख्याअनुसार एड्भान्स टिकट बिक्री अपेक्षाअनुसार छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार