बन्दीपुरमा नयाँ वर्षदेखी रैथाने खानाको बजार ‘घुमाउने घर’ संचालनमा आउने-Sutra News

बन्दीपुरमा नयाँ वर्षदेखी रैथाने खानाको बजार ‘घुमाउने घर’ संचालनमा आउने

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । पहाडकी रानी भनिने पर्यटकीय ग्राम बन्दीपुर जाने केवलकारको बटम स्टेशनमा स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि ‘घुमाउने घर’ संचालनमा आउने भएको छ।



मुख्य गरि मगर संस्कृतिलाई प्रबर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरुमा केन्द्रित गर्दै आगामी बैशाख १ गतेदेखि सेवा शुरु गर्न लागिएको हो।

नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरु समेत उपलब्ध गराउने ‘घुमाउने घर’ रेस्टुरेन्टका व्यवस्थापक माया थापा मगरले बताए।

बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरुलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरु पस्कने ‘घुमाउने घर’ले जनाएको छ। साथै आकर्षक घुमाउने घर, परम्परागत घरहरु र कटेजहरुले सुन्दर रुपमा खाना बजारको झल्को दिने गरि सजावट गरिएको छ।

घुमाउने घर बैशाख १ गतेबाट शुभारम्भ भएपनी औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार