

काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) पनि सुनको मूल्यमा उच्च बृद्धि भएको छ । बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूल्यमा शुक्रबार पनि ३ हजार ९ सय रुपैयाँले बृद्धि भएको हो ।
मूल्य बढेसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलाकै १ लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ थियो ।
शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य बढिरहँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३ हजार २०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।