

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद सूर्य थापालाई धम्की दिएको आरोपमा एक युवकला पक्राउ परेका छन् । धम्की दिएको आरोपमा प्रहरीले रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्तलाई पक्राउ गरेको हो ।
पन्तलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थापाले जानकारी दिएका छन् । पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई धन्यवाद पनि दिएका छन् ।
थापाले पक्राउ परेका पन्तकाे पारिवारिक तथा राजनीतिक परिचय खुल्ने कागजात समेत सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् ।
‘मलाई मध्यरात(११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी “Life on threat cancel Rupandehi” पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद छ, ऊ को रहेछ ? हेर्नुहोला’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।